‘वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले बस र स्कुटर च्यापियो’: सांसद बस्नेत
काठमाडाैं | साउन ८, २०७९
काठमाडौं: नेकपा एमालेका सांसद महेश बस्नेतले वन मन्त्रालय तथा भक्तपुर नगरपालिकाको लापरवाहीले सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्यापेको बताएका छन् ।
अहिले जारी प्रनिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै नेता बस्नेतले उक्त घटनाको जिम्मेवारी वन मन्त्रालय र भक्तपुर नगरपालिकाले लिनुपर्ने बताएका हुन् ।
‘भक्तपुरको सल्लाघारीमा सल्लाको रुघ ढलेर मिनीबस र स्कुटरलाई किचेर केही साथीहरु घाइते भएका छन् । उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु, उनले भने, ‘४० वर्षभन्दा पुराना जीर्ण रुखहरुलाई हटाउन वन मन्त्रालय र भक्तपुर नगरपालिकालाई अनुरोध गर्न चाहान्छु । उहाँहरुको लापरवाहीले यो घटना घटेको छ ।’
सांसद बस्नेतले २५ वर्ष पुराना बसहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउदै भने ‘२५ वर्षभन्दा पुराना बसहरुलाई चलाईरहने जुन सरकारको निर्णय थियो यसलाई अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु । यो घटना वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले भएको हो ।’
यसैगरि अर्का सांसद प्रेम सुवाललेसमेत विशेष समयमै बोल्दै सो घटनाबारे सरकारको ध्यानाकार्षण गराएका थिए ।
भक्तपुर नगरपालिका– १ सल्लाघारीमा सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको थियो । यो समाचार तयार पार्दासम्म ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

